विकल्प न्यूज/बेनी
जेठ ५ गते ।
अन्नपूर्ण गाउँपालिका वडा नम्वर ७ हिस्तानको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार २८ वर्षीय मईलन पुर्जा पुन विजयी हुनुभएको छ । विहिबार विहान सम्पन्न मतगणना अनुसार उहाँले ३९८ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका गम बहादुर फगामीले २२८ मत पाप्त गर्नुभएको छ ।
त्यस्तै एमालेबाट दलित महिला सदस्य र दुईवटा खुल्ला सदस्य विजयी भएका छन भने नेपाली काँग्रेसबाट महिला सदस्य विजयी भएका छन । कुल खसेको ८८८ मत मध्ये पालिका अध्यक्षमा नेकपा एमालेका भरत पुनलाई ५८३ र नेपाली काँग्रेसका क्या.बल बहादुर तिलिजालाई २१६ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा एमालेका दिवा पुनलाई ३९८ र काँग्रेसका ललिता तिलिजा पुनलाई २८० मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।